शुक्रबार, असोज ५, २०८०

राष्ट्रियसभा बैठक बस्दै, नयाँ राष्ट्रियसभा सदस्यको शपथ ग्रहण आजै

नेपालखोज २०७६ फागुन २१ गते ९:१३

काठमाडौं । राष्ट्रियसभामा निर्वाचित नयाँ सदस्यले आज बुधबार पद तथा गोपनियताको शपथ लिँदै छन् । नयाँ बानेश्नवरस्थित संघीय संसद भवनमा दिउँसो १२ः१५ बजे शपथको कार्यक्रम राखिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उनीहरुलाई शपथ गराउने छन्।

सदस्यहरु इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल,राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल,भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले आज शपथ लिन लागेका संसद सचिवालयले जनाएको छ ।

निर्वाचित सदस्यहरुले आजदेखि औपचारिक रुपमा जिम्मेवारी पाउनेछन् । राष्ट्रिय सभामा रहेका एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधानअनुसार रिक्त हुने स्थानका लागि गत माघ २४ गते निर्वाचन भएको थियो ।

राष्ट्रियसभाका एकचौथाइ सदस्य अर्थात् १९ जना सांसदको दुईवर्षे कार्यकाल गएरातिदेखि सकिएको छ ।

प्रतिक्रिया