रसुवागढी नाका भएर आवत जावत गर्न सम्बन्धित दुतावासको सिफारिस चाहिँने
रसुवा । चीन, इरान, जापान, इटली र कोरियाका नागरिकले आफ्नो दुतावासको सिफारिस विना भिसा नपाउने भएका छन् । अध्यागमन विभागले सम्बन्धित देशहरुको राजदुतावासबाट भिसा लिएर आएमा मात्र आवतजावत गर्न पाइने बताएको छ ।
कोरोना भाइरसको संक्रमण दर बढी भएका पाँच देशका नागरिकहरुले स्थल मार्ग भएर नेपाल र चीन आवतजावत गर्न चाहेमा सम्बन्धित देशको दुतावासबाट भिसा लिएर आएमा मात्र आवत जावत गर्न पाउने भएका हुन् ।
चीन, इरान, जापान, इटली र कोरिया यी पाँच देशका नागरिकहरुको हकमा मार्च १० बाट रसुवागढी नाका भएर आवत जावत गर्न चाहनेले दुतावासबाट भिसा लिएर आएमा मात्र आवत जावत गर्न सक्ने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डरीले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण दर बढी रहेका ५ देशका नागरिकलाई भिसा अनएराइभल केही समयका लागि रोक लगाउने अध्यागमन विभागले सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
प्रतिक्रिया