आइतबार, माघ २७, २०८१

प्रधानमन्त्री ओलाीलाई मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगियो

नेपालखोज २०७६ फागुन २१ गते १०:४७

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगिएको छ ।

Advertisement

गएको सोमबार अस्पताल भर्ना हुनु भएका उनको मृगौला प्रत्यारोपणका लागि सबै तयारी पूरा गरी अप्रेसन थिएटरमा लगिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण श्रेष्ठले जानकारी दिए ।

मिर्गौला प्रत्यारोपणका लागि डाक्टर प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म रहने गरी डाक्टरको टोली खटिएको छ ।

प्रधानमन्त्री ओलीको १३ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका डाक्टरलाई पनि बोलाइएको छ । तर उनीहरुले सहयोग मात्रै गर्ने र प्रत्यारोपणको काम नेपाली डाक्टरले नै गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

उनलाई भान्जी नाता पार्ने समीक्षा संग्रौलाले मिर्गौला दिन लागेकी छन् । मिर्गौला प्रत्यारोपण गर्न झण्डै चार घण्टा लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया