सुर्खेतमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
नेपालखोज
२०७६ फागुन २१ गते १२:४६
सुर्खेत । दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज०००७ नम्बरको जीप बुधबार वीरेन्द्रनगर १५ राउटे गल्छेना भन्ने ठाउँमा दुर्घटनामा परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जीपमा सवार सात जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन।
घाईतेहरुलाई उपचारका लागि वीरेन्द्रनगर ल्याउन लागिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जीप अनियन्त्रि भई सडकबाट करिब ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।
सम्बन्धित
प्रतिक्रिया