पद तथा गोपनियताको सपथ लिए सँगै आजदेखि श्रेष्ठकाे लागि संघीय संसदको ढोका खुल्याे
नेपालखोज
२०७६ फागुन २१ गते १३:१३
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बुधबार सांसदका रूपमा सपथ लिएका छन्। सपथ ग्रहणसँगै आजदेखि श्रेष्ठकाे लागि संघीय संसदको ढोका खुल्ला भएकाे छ ।
गत माघ ९ मा भएको निर्वाचनमा गण्डकी प्रदेशबाट विजयी भएका श्रेष्ठलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
दुई वर्षअघि गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराईसँग सात हजार बढी मतले लज्जासपद हारकाे सामना गरेका उनी त्यसपछि पार्टीमा क्रियाशील रहे। श्रेष्ठ नेकपाको प्रवक्ता र प्रचार विभाग प्रमुख पनि हुन्।
सम्बन्धित
प्रतिक्रिया