आइतबार, माघ २७, २०८१

कांग्रेसको सबै कार्यक्रम स्थगित

नेपालखोज २०७६ फागुन २१ गते १७:४७

काठमाण्डौ । चीन लगायत विश्वभरि नै फैलिरहेको कोरोना भाइरसको सन्त्रासका कारण नेपाली कांग्रेसका आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ ।

Advertisement

आगामी १४ औं महाधिवेशनलाई लक्षित गरेर पार्टीले आयोजना गर्ने भनिएको पूर्वनिर्धारित कार्यक्रमहरु भेला, सम्मेलन र सभाहरु स्थगित गरेको कांग्रेसले बताएको छ । तर क्रियाशील सदस्यता वितरण तथा नविकरण लगायतका १४औं महाधिवेशनको तयारी कामहरु भने जारी रहने उसले बताएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरेको छ भने सभा, सम्मेलनलगायतका कार्यक्रम स्थगित गर्न सबैलाई आग्रह गरेको छ । कोरोनाको जोखिम सामना गर्ने साझा अभियानमा सरकारलाई साथ दिने कांग्रेसले बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी पार्टी र भ्रातृ संघसंस्थाको सबै तहका ठूलो भेला, सम्मेलन र सभालगायतका कार्यक्रम अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया