शनिबार, असोज २६, २०८१

प्रधानमन्त्रीको होस खुल्यो, अन्य समस्या नआए सोमबारसम्म डिस्चार्ज गरिने

नेपालखोज २०७६ फागुन २१ गते १७:५९

काठमाण्डौ । बुधबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेको र सबै सूचांकहरुले पनि राम्ररी काम गरिरहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका बारेमा जानकारी दिनको निम्ति आयोजित पत्रकार सम्मेलनमा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीको होस पनि खुलिसकेको छ। उनको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ।

अब अरू कुनै समस्या नदेखिए भोलि बिहानदेखि उनलाई मुखबाट तरल खानेकुरा दिइने अस्पताले जनाएको छ । भोलि विहान कालो चिया दिने र अरु कुनै समस्या आएन भने सोमबारसम्म डिस्चार्ज गर्ने योजना बनाएको समेत उपचारमा संलग्न चिकित्सले बताएका छन् ।

प्रतिक्रिया