कमिसन नखुलाउँदा विवाद
नेपालखोज
२०७६ फागुन २२ गते ७:१४
काठमाडौं । गाडी बिक्री गर्दा पाउने कमिसन रिबेट नखुलाएपछि सरकार र गाडी विक्रेताबीच विवाद सुरु भएको छ। जिओ अटोमोबाइल्सलगायत २५ अटोमेबाइल विक्रेता कम्पनीले कमिसन खुलाउन नमानेपछि सरकारले गाडी विक्रेताको नवीकरण रोकेको छ। कानुनबमोजिम नवीकरण गर्दा विक्रेताले कमिसन खुलाउनुपर्ने भन्दै वाणिज्य विभागले ती विक्रेताको नवीकरण रोकेको हो।
मंगलबार नवीकरणका लागि कमिसन खुलाउनुपर्ने भएपछि गाडी विक्रेताको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएनका प्रतिनिधिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दवाव दिएका छन्। निराकार श्रेष्ठ नेतृत्वको प्रतिनिधिले राज्यमन्त्री मोतीलाल दुगडलाई भेटी दबाब दिएका हुन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
सम्बन्धित
प्रतिक्रिया