सोमबार, माघ २८, २०८१

बर्डफ्लु सङ्क्रमित कुखुरा काठमाडौंलगायत विभिन्न ठाउँमा भित्रिन थाले

नेपालखोज २०७६ फागुन २२ गते ७:४८

काठमाडाैं । भारतबाट राजधानीलगायत विभिन्न ठाउँमा मासुका लागि तयार कुखुरा र चल्ला अवैध रुपमा भित्र्याउन थालिएको छ । नेपालमा कुखुराको मासु र चल्ला महँगो भएको मौका छोपी भारतबाट अवैध रुपमा यस्ता बस्तु भित्र्याउन थालिएको हो ।

Advertisement

काठमाडौं पशु क्वारेन्टाइन कार्यालयका अनुसार यही साता मात्रै चितवनको रामनगर हुँदै भारतबाट काठमाडौं ल्याइएको आशङ्कामा मासुका लागि तयार ७३० वटा कुखुरा नष्ट गरिएको छ ।

सो कार्यालयका प्रमुख डा. श्रीराम अधिकारीको नेतृत्वमा अनुगमनमा गएको टोलीले भेटेनरी चिकित्सकको परीक्षणको प्रमाण र स्थानीय सिफारिस नभएको भेटिएपछि ती कुखुरा नष्ट गरिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

प्रतिक्रिया