गोरखामा जीप दुर्घटना, वडा सचिवको मृत्यु, ७ घाइते
गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ धोर्चेतमा जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु भएको छ ।
बा १ च ५५०५ नम्बरको बोलेरो जीप बुधबार राति साँढे आठ बजे सडकबाट दुईसय फिट तल खस्दा धार्चे गाउँपालिका– ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
रिमाल लमजुङको मस्र्याङ्दी गउँपालिका– ६ का हुन् । दुर्घटनामा गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङसहित ६ जना घाइते भएका छन् ।
जीप चालक बालचन्द्र गुरुङ, निशा गुरुङ, धनबहादुर गुरुङ, केयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ । घाइतेमध्ये बालचन्द्र गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको स्थानीय मान्वु स्वास्थ्य चौकीमा सामान्य उपचार भएको छ । थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लाने तयारी भएको गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए ।
उनीहरु बिहीबार काशिगाउँ जेष्ठ नागरिक, अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमका लागि जान लागेका अध्यक्ष गुरुङले बताए ।
प्रतिक्रिया