बिहीबार, असोज २४, २०८१

कोरोना संक्रमणको आशंका गरिएका बिरामीको रिपोर्ट आज आउँदै

नेपालखोज २०७६ फागुन २२ गते १०:१५

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएको आंशकामा उपचार गराइ रहेका तीन जना बिरामीको जाँचको रिपोर्ट आज बेलुका आउँदैछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेशन कक्षमा तीन दिनदेखि उपचार गराइरहेका ३ जना बिरामीको रिपोर्ट आज बेलुकीसम्म आउने अस्पतालले जनाएको छ ।

तीन दिन अघि चार जनालाई अस्पतालको आइलोसेन कक्षमा राखेर उपचार गराइएकोमा एक जना बिरामीको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएर घर फर्किसकेको र बाँकी तीन जनाको रिपोर्ट आज बेलुका आउने अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए ।

यसअघि टेकु अस्पतालको ‘आइसोलेसन’ कक्षमा राखेर उपचार गरिएका २५ जना बिरामीको कोरोना संक्रमणको जाँचको रिपोर्ट नेगेटिभ आएकाले आज पनि नेगेटिभ नै आउन सक्ने डा बास्तोलाको भनाई छ ।

प्रतिक्रिया