शुक्रबार, असोज ५, २०८०

कोरोनाको आशंकामा भर्ना गरिएका व्यक्ति मध्यराती फरार

नेपालखोज २०७६ फागुन २२ गते १३:३५

काठमाडौं । कोरोना भाईरसको त्रास बढिरहेका बेला कोरोना भाइरसको आशंका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराईरहेका एक व्यक्ति झ्यालबाट हाम्फाली फरार भएका छन ।

गत मंगलबार कोरियाबाट नेपाल फर्केका उनलाई विमानस्थलमा चेकजाँचका क्रममा उच्च ज्वरो देखिएका कारण टेकु अस्पतालमा राखिएको थियो ।

कजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेका कारण गए राति उनी अस्पतालको पछाडि पट्टी रहेको झ्यालबाट हाम्फाली फरार रहेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् । फरार रहेको व्यक्ति इटहरीको भएको भएपनि उनको नाम भने खुलाइएको छैन ।

विरामी भागे पछि अस्तपा प्रशासनले प्रहरीलाइृ खवर गरे लगतै उनको खोजी कार्य भईरहेको छ । अस्पतालका श्रोतका अनुसार उनको रिपोर्ट आउन वाँकी रहेको र कोरोना भए नभएको पुष्टि हुन सकेको छैन । रिपोर्ट आउन साथ कोरोना भए नभएको पुष्टि गर्न सकिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया