शुक्रबार, माघ २५, २०८१

सरकारले भन्यो, ‘नेपालमा कोरोनाको संक्रमण छैन’

नेपालखोज २०७६ फागुन २२ गते १६:५१

काठमाण्डौ । नेपालमा कोरोना भाइरस संक्रमण नरहेको सरकारले बताएको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले नेपालमा कोरोना भाइरसको संक्रमण नरहेको बताएका हुन् ।

Advertisement

कोरोना भाइरसको रोकथाम र नियन्त्रणको जानकारी गराउँदै प्रवक्ता खडिवडाले भने, ‘नेपाल कोरोना भाइरसबाट संक्रमण भएको छैन । जुन मानिसलाई देखिएको भनिएको थियो, उसमा कोरोना भाइरस नेगेटिभ देखियो ।’

प्रवक्ता खतिवडाले मुलुकभित्र कोरोनाको संक्रमण नदेखिएकाले बाहिरबाट हुन सक्ने संक्रमणमा ध्यान दिएको बताए । ‘कोराना भाइरसबाट संक्रमित मुलुकबाट आउने यात्रुहरूलाई बढी निगरानीमा राख्नुपरेको छ ।’ प्रवक्ता खतिवडाले भने ।

प्रतिक्रिया