सोमबार, माघ २८, २०८१

फागुन १८ गतेको मन्त्रिपरिषद्ले गरेका ११ निर्णयहरु

नेपालखोज २०७६ फागुन २२ गते १७:५५

काठमाडौं । गते फागुन १८ गते बसेको मन्त्री परिषद्को वैठकले विभिन्न ११ वटा निर्णयाहरु गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सरकारले आज सार्वजनिक गरेपनि सरकारले गरेका केही निर्णयहरु भने सोही दिन बाहिर आईसकेका छन् । मन्त्रिपरिषद्ले गरेको निर्णयहरु हरेक विहिबार सरकारका प्रवक्ता मार्फत सार्वजनिक गर्ने परिपार्टी वर्तमान समय सुहाउँदो भने पक्कै होइन । जनताहरु प्रत्येक घण्टा घण्टाका प्रगति हेर्न चाहन्छन् । तर सरकारले भने आफूले गरेका निर्णयहरु हप्ताको एक पटक मात्र सार्वजनिक गरिरहेको छ ।

Advertisement

सरकारले मन्त्रिपरिषद्को वैठक सकिए लगतै निर्णयहरु सार्वजनिक गर्ने विगतको परिपाटीलाई निरन्रतान दिने समय सान्दर्भिक देखिन्छ पनि । केके छन त १८ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु ।

१ आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्त:शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने ।

२ Department of Food Technology and Quality Control (DFTQC), Nepal र Bangladesh Standards and Testing Institution (BSTI), Bangladesh बीच हुने समझदारी पत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गर्ने।

Trading Corporation of Bangladesh (TCB) र Salt Trading Corporation Limited (STC), Nepal बीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न STC का प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने ।

नेपाल र बंगलादेशकाबीचमा Preferential Trading Agreement को भागको रूपमा रहने Product List (Request and Offer List) मा छलफल गर्ने वस्तुहरूको सूची तयार गर्न र सो सूची बंगलादेश पक्षलाई उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याललाई अख्तियारी प्रदान गर्ने ।

३ नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेडः विशिष्टीकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने। ।

४ कलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्ति गर्ने ।

५ जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने ।

६ सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका कानूनी सल्लाहकार  श्री युवराज कोइरालाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।

७ चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोश्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाई चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने ।

८ सुपर मादी जलविद्युत आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्ग लगायतका संरचनाहरु निर्माण गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने कास्की जिल्लाको मादी गाँउपालिका-२ मा रहेको कूलजम्मा ६.९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुखविरुवाहरु हटाउन समेत स्वीकृति दिने ।

९ नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७६ स्वीकृत गर्ने ।

१० न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष मालिका गाउँपालिका ६, गुल्मीका श्री राजेन्द्रवहादुर अर्याललाई २ वर्षको लागि नियुक्त गर्ने ।

११ सहरी विकास मन्त्रालयअन्तर्गत २०७६।७७ मा सञ्‍चालनमा रहेका आयोजनाहरुको लागि राजपत्रांकित पदका ५ (पाँच) वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

प्रतिक्रिया