बजारमा औषधि अभावको हल्ला पछि नलागाैं, ४ महिनालाई पुग्ने औषधि मौज्दात छ
काठमाडौं । बजारमा औषधि अभावको हल्ला चलिरहेको बेला औषधि सम्बन्धी काम गरिरहेका व्यवसायीले हल्लाको पछि नलाग्न आग्रह गरेको छन् । नेपाल औषधि आयात कर्ता संघका महासचिव पवन आचार्यले आफूहरु सँग चार महिनालाई पुग्ने औषधि मौज्दात रहेको जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा औषधिको अभाव भन्ने खबरले जनतालाई भ्रम सृजना समेत गरेको उहाँले बताउनुभयो । नेपालका तीन करोड जनतालाई पुग्ने औषधि व्यवसायीहरु सँग रहेको जानकारी दिदै हल्लाको पछि लागेर अनावश्यक औषधि खरिद गरेर नराख्न सर्वसाधारणलाई महासचिव आचार्यले आग्रह गर्नुभयो ।
हिजो मात्रै एक व्यवसायीले बंगलादेशबाट दुई करोड प्यारा सिटामोल नेपाल ल्याउन सुरु गर्नुभएको समेत महासचिव आचार्यले जानकारी दिनुभयो । बिभिन्न मुलुकहरुबाट व्यवसायीहरुले आयात गरिरहेको र बजारमा औषधि स्टक रहेकोले औषधिको बारेमा अनावश्यक हल्ला गर्न आवश्यक नरहेको उहाँले सपष्ट पार्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया