शनिबार, माघ २६, २०८१

आज काठमाडौंमा पनि असिना पानी पर्ने सम्भावना

नेपालखोज २०७६ फागुन २३ गते ७:०९

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार आज हावाहुरी र चट्याङ र असिनासहित प्रिमनसुन लागे यताकै ठूलो वर्षा हुने सम्भावना रहेको सम्भावना रहेको छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले शुक्रबार आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो ।

साथै हावाहुरी आउने, चट्याङ र असिना पर्ने सम्भावना पनि उत्तिकै रहेको उनले बताइन् । महाशाखाका अनुसार आज विशेषगरी पश्चिमी क्षेत्रमा हावाहुरी र चट्याङ र असिनासहितको वर्षा हुने सम्भावना छ तर मध्य र पूर्वी क्षेत्रमा पनि यसको थोरै सम्भावना छ ।

आज हावाहुरी, वर्षा दिउँसो र राति हुने सम्भावना छ । यसैगरी पश्चिमदेखि पूर्वसम्मकै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावना छ ।

आज काठमाडौंमा पनि असिना पानी पर्ने सम्भावना छ । मौसमविद गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा अपराह्नपछि क्षणिक वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया