निर्भया प्रकरण : अपराधीलाई चौथो पटक डेथ वारेन्ट जारी
नेपालखोज
२०७६ फागुन २३ गते १०:५१
एजेन्सी । निर्भया प्रकरणका चारै दोषीलाई मृत्यु दण्डको नयाँ मिती तोकिएको छ । दिल्ली अदालतले चारैजनालाई २० मार्च बिहान साढे ५ बजे मृत्युदण्डको आदेश दिएको छ ।
यसअघि कानूनी विकल्पका कारण दुई महिनादेखि मृत्युदण्डबाट बचिरहेका निर्भया मुद्दाका चारै दोषीको सबै कानूनी विकल्प समाप्त भइसकेको छ ।
त्यसपछि दिल्ली सरकारले नयाँ डेथ वारेन्ट जारी गराउनका लागि पटियाला हाउस कोर्ट पुगेको थियो । एडिशनल सेशन जज धर्मेन्द्र राणाले चारै दोषीलाई नोटिस जारी गर्दै बिहिबारसम्म जवाफ मागेका थिए ।
सम्बन्धित
प्रतिक्रिया