सीमा नाकामा स्वास्थ्य परीक्षण कडाई गर्न कांग्रेसको माग
नेपालखोज
२०७६ फागुन २३ गते १६:२८
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमण नेपालमा फैलन नदिन सरकारले ‘एक्सन’ लिन नसकेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सीमा नाकामा स्वास्थ्य परीक्षण बेगर निर्वाध प्रवेश भइरहेको भन्दै सरकारले एक्सन लिनुपर्ने बताए ।
आज ट्वीट गर्दै प्रवक्ता शर्माले ‘सीमा नाकामा स्वास्थ्य परीक्षणबेगर निर्वाध किन प्रवेश जारी छ ? कोरोना रोक्ने रियाक्सनले कि एक्सनले’ भन्ने प्रश्न गरे । उनले कोरोनाको खतरा बढ्दा विद्यालय बन्द गर्नुपर्ने उल्लेख गरे ।
सम्बन्धित
प्रतिक्रिया