बिहीबार, असोज ३, २०८१

कोरोनाका कारण नेपाललाई ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुने

नेपालखोज २०७६ फागुन २३ गते १६:३३

काठमाडौँ । एसियाली विकास बैंकले कोरोना भाइरसका कारण नेपालमा कूल गार्हस्थ उत्पादन (जीडीपी)को ०.१३ प्रतिशतसम्म आर्थिक क्षति हुने प्रारम्भिक प्रक्षेपण गरेको छ । कोरोनाको प्रभाव अझ विस्तार हुने क्रममा रहेका कारण विश्वभर नै यसले ठूलो आर्थिक क्षति निम्त्याउने बैंकको अनुमान छ ।

कोरोनाको प्रभाव बढ्दै जाँदा जीडीपीमा १.११ प्रतिशतसम्मको क्षति नेपालमा हुने अनुमान छ । एडिबिका अनुसार नेपाली अर्थतन्त्रमा ३२१.७ मिलियन डलरसम्मको नोक्सानी हुनेछ ।
विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा होटेल र रेष्टुरेन्ट क्षेत्र नराम्रोसँग प्रभावित हुने देखिएको छ । यस क्षेत्रमा जिडीपीको ०.८ प्रतिशतसम्मको क्षति हुनेछ । यसबाहेक व्यापार र सेवा क्षेत्र समेत कोरोनाका कारण प्रभावित हुनेछन् ।

प्रतिक्रिया