आइतबार, माघ २७, २०८१

नेपालमै मास्क उत्पादनको तयारी गरिदै

नेपालखोज २०७६ फागुन २३ गते १६:५४

काठमाडौँ । मास्क अभाव भएपछि केही व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् । त्यसका लागि दीपक मल्होत्रासहित करिब आधा दर्जन उद्योगी व्यवसायीको टिमले मास्क उत्पादन गर्ने योजना बनाएको हो । त्यसमा सरकारले पनि सहजीकरण गर्नेछ ।

Advertisement

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मास्क उत्पादन गर्ने योजना तयार भइसकेको र अभाव टार्ने गरी मास्क उत्पादन गर्न सुरु गर्ने तयारी भएको जानकारी दिए । सरकारसँग भएको छलफलमा सरकारले सघाएमा मास्क उत्पादन गर्न सकिने प्रतिवद्धता निजी क्षेत्रले जनाएको थियो ।

प्रतिक्रिया