कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ३ हजार ४९४ जनाको ज्यान गयो
एजेन्सी । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओे)का अनुसार आजसम्म १ लाख २ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखा परेको हो ।
सबैभन्दा बढी चीनमा कोरोनाको संक्रमण भएको छ । अहिलेसम्म चीनमा ८० हजार ६ सयभन्दा बढी संक्रमित देखिएका छन् । चीनबाहिर २१ हजार ३०० भन्दा बढीमा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
चीनपछि दक्षिण कोरियामा सबैभन्दा बढी कोरोनाको संक्रमण देखा परेको छ । अहिलेसम्म दक्षिण कोरियामा ६ हजार ५९३ जनामा देखिएको छ । त्यस्तै इरानमा ४ हजार ४४७ र इटालीमा ६ हजार ६३६ जनामा कोरोनाको संक्रमण भएको छ ।
यस्तै विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म ३ हजार ४९४ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी चीनमा मृत्यु भएको छ भने दोस्रोमा इटाली र तेस्रोमा इरान रहेको छ ।
अहिलेसम्म चीनमा ३ हजार ७० जनाको मृत्यु भएको छ भने इटालीमा १ सय ९७ र इरानमा १ सय ९४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यस्तै, कोरोना भाइरसका कारण बिरामी परेका ५७ हजार ६०० भन्दा बढी पूर्णरूपमा निको भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार आजसम्म ५७ हजार ६ सय ९ जना पूर्ण रुपमा निको भएर घर फर्किका छन् ।
प्रतिक्रिया