सांकेतिक रुपमा बागमति सफा गरिदै
नेपालखोज
२०७६ फागुन २४ गते १२:००
काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ३५६औँ हप्तामा तीनवटै सुरक्षा निकायलाई सहभागी नगराइने भएको छ ।
कोरोना भाइरसको त्रास बढेकाले वाग्मती सफाइ महाअभियानमा भीड जम्मा नगरी साङ्केतिक रुपमा मात्र सफाइ गरिने भएको हो ।
कोरोना भाइरसको सन्त्रासका कारण नियमित केही अभियानकर्मी जम्मा भएर जनचेतनामूलक कार्यक्रम मात्र गरिने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभएको छ ।
यसैगरी उपत्यकामा सञ्चालित अन्य सफाइ अभियानमा पनि मानिसको भीडभाड कम गरी निरन्तरता मात्र दिइने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया