साउदी अरेबियाको राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ
नेपालखोज
२०७६ फागुन २४ गते १२:२१
एजेन्सी । साउदी अरेबियाको राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ रहेका छन् ।
तीनै जनालाई गएराति हिरासतमा लिइएको हो । उनीहरूलाई किन गिरफ्तार गरियो भन्नेबारे केही खुलाइएको छैन । पक्राउ परेका उनीहरूले साउदीको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका थिए ।
जुन साउदी राजकुमार मोहम्मद बिन सलमानलाई मन परेको थिएन ।
आफ्नो यात्रामा बाधक भएको निष्कर्षका साथ राजकुमारले उनीहरूलाई पक्राउ गर्ने आदेश दिएको विश्लेषण अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया