शुक्रबार, वैशाख १४, २०८१

फ्रेन्च लिग वान फुटबलका खेलहरु स्थगित

नेपालखोज २०७६ फागुन २४ गते १२:३२

एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि फ्रेन्च लिग वान फुटबलका खेलहरु स्थगित भएका छन् ।

आज रातीका लागि तय गरिएको पेरिस सेन्ट–जर्मेन (पिएसजी) र स्ट्रास्बर्गबीचको खेल स्थगित भएको हो । फ्रान्समा शीर्ष लिगको खेल कोरोना भाइरसका कारण रोकिएको यो पहिलो पटक हो ।

स्थगित भएको खेल फेरि कहिले हुनेछ भन्ने खुलाइएको छैन । फ्रान्समा फुटबलसँगै खेलकुद सम्बन्धी अरु गतिविधि पनि प्रभावित भएका छन् । कोरोना भाइरसकै कारण पेरिस म्याराथन र पेरिस–नाइस साइक्लिङ्ग पनि स्थगित भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया