काबुलमा अन्धाधुन्ध गोली प्रहार, ३२ जनाको मृत्यु
नेपालखोज
२०७६ फागुन २४ गते १२:५२
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा ३२ जनाको मृत्यु भएको छ ।
अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको सार्वजनिक कार्यक्रममा बन्दुकधारीहरुको हमलाका कारण दर्जनौ घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
आक्रमणको जिम्मा इस्लामिक स्टेट आईएसआईले लिएको छ । गत हप्ता संयुक्त राज्य अमेरिका र तालिवानी लडाकूहरुबीच १४ महिनाभित्र अमेरिकी सैनिक फिर्ता पठाउने सर्तसहित शान्ति सम्झौता भएको थियो ।
अफगानिस्तानमा जारी द्वन्द्वका कारण २४ सय भन्दा बढी अमेरिकी सेनाको मृत्यु भइसकेको छ भने करिब १२ हजार सेना अझै अफगानिस्तानमा तैनाथ छन् । यसैबीच अमेरिका, युरोपियन युनियन र नाटोले उक्त आक्रमणको भत्र्सना गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया