रुवाण्डामा वर्षाका कारण ५३ जनाको मृत्यु
एजेन्सी । वर्षाका कारण रुवाण्डामा यसवर्ष अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । गत जनवरीदेखि अहिलेसम्म उनीहरुको मृत्यु भएको आपत व्यवस्थापन मन्त्रालयले शुक्रबार जनाएको छ ।
वर्षा र वर्षापछि घटनामा परी यस अवधिमा अरु ८४ जना घाइते भएको अधिकारीले जनाएका छन् । मन्त्रालयका अनुसार वर्षाका कारण ८५८ वटा घर, १९६ हेक्टर जमिनको खेतीपाती, २३ वटा सडक, १७ वटा पुल र आठ वटा चर्चमा क्षति पुगेको छ ।
वर्षासँगै परेको चट्याङ्, बाढी र आँधीका कारण यो क्षति भएको अधिकारीले जनाएका छन् । रुवाण्डाको मौसम विज्ञान विभागका आधिकारीले अहिलेपनि देशका केही भागमा मौसम गडबड भइरहेको र यो क्रम आउदो जुनसम्म जारी रहने बताएका छन् ।
मन्त्रालयको तथ्याङ्कअनुसार वर्षा तथा यस्ता घटनाका कारण गत वर्ष १०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने २३० भन्दा बढी घाइते भएका थिए ।
त्यसैगरी पाँच हजार घर क्षतिग्रस्त भएका थिए भने नौ हजार हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीको नोक्सान भएको थियो ।
प्रतिक्रिया