शनिबार, माघ २६, २०८१

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, उपराष्ट्रपति पुनद्वारा शुभकामना सन्देश

नेपालखोज २०७६ फागुन २५ गते ६:५१

काठमाडौँ । आज मार्च ८ अर्थात ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । दिवसका अवसरमा आइतबार आज महिला अधिकारकर्मिलगायत महिलाका हकमा लड्ने विभिन्न संघसंस्थाले आज विभिन्न कार्यक्रम गरि महिला दिवस मनाइरहेका छन् ।

Advertisement

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धि र महिलाको हकअधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

सन्देशमा उनले महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा सशक्त नभएसम्म नेपालको आर्थिक समृद्धि सम्भव नभएको बताए ।

उनले महिला दिवसले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

साथै उनले महिला दिवसले सम्पूर्ण नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उत्साह, जोश, जाँगर तथा शक्ति थपियोस् भनी कामनासमेत गरेका छन् ।

प्रतिक्रिया