शुक्रबार, चैत १६, २०८०

कोरोना भाइरसबाट सचेत हुन महालक्ष्मी नगरपालिकाको अनुरोध

नेपालखोज २०७६ फागुन २५ गते १९:५५

ललितपुर । महालक्ष्मी नगरपालिकाले कोरोना भाइसरबाट बच्चनका लागि जनचेतनामूलक सन्देश जारी गरेको छ ।

कोरोना भाइसले आमनागरिकमा भ्रम फैलाई जनमानसमा त्रास बढ्न थालेपछि नगरपालिकाले कोरोना भाइरसबाट बच्चे उपायका बारेमा ब्रोसर निर्माण गरी सर्वसाधारणलाई सचेत बनाउने अभियान सञ्चालन गरेको हो ।

नगरपालिकाले कोरोना भाइरस सम्बन्धी सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम गरी सर्वसाधारणलाई सचेत गराएको छ ।
नगरपालिकाले नगरबासीलाई नियमितरुपमा हात साबुन पानीले धुने, खोक्दा र हाछिऊ गर्दा मुख छोप्ने, कोरोनाको फ्लु देखिए

चिकित्सकको परामर्श लिने, घरपालु वा र पशुपङ्क्षीको असुरक्षित सम्पर्कबाट टाढा रहन नगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ । पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाए मात्र खाने सर्वसाधारणलाई नगरपालिकाले सुझाव दिएको नगरप्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए ।

१५ /१५ मिनेटमा थोरै थोरै पानी वा अन्य तरल पदार्थ पिउने र तरल पदार्थ पिइरहँदा भाइरस निरोगी व्यक्तिको मुखमा आएको भए पनि मुखको भाइरसलाई पानीले बगाएर पेटमा पु¥याउँछ र पेटको एसिडले सो भाइरस मार्ने जापानीज डाक्टरहरुको सुझाव छ ।

तरल पदार्थ पिइराखिएन भने भाइरस स्वाशनली हुँदै फोक्सोमा पुग्ने र यो खतरानक हुने भनाइ डाक्टरहरुको छ ।

यदि कोरोना भाइरस लागि हाल्यो भने ज्वरो आउँदा पारासिटामोल खाने, मनतातो पानी खाने र आराम गर्ने गाह्रो भए मात्र अस्पताल जाने सुझवा डाक्टरहरुले दिएकाछन् । कोरोना संक्रमण भएको एक व्यक्तिबाट औसत ३ देखि ६ जनालाई मात्र सर्न सक्छ तसर्थ कसैलाई संक्रमण भए पनि आत्तिहाल्नु नपर्ने जनस्वास्थ्य विज्ञ डा. रबिन्द्र पाण्डेले बताए ।

प्रतिक्रिया