शुक्रबार, असोज ५, २०८०

मिनीट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखोज २०७६ फागुन २६ गते १०:५५

चितवन । मिनीट्रकको ठक्करबाट चितवनमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेल रहेका छन् ।

नारायणगढको पुलचोक बजारबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरको मिनीट्रकले गएराति उनलाइ ठक्कर दिएकाे हो ।

ठक्करबाट घाइते पौडेललाई अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया