अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजान सुरु
एजेन्सी । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लैजान सुरु गरेको छ । अमेरिका र तालिवानबीच यही फागुन १७ गते भएको शान्ति सम्झौताअनुसार अमेरिकाले आफ्ना सैनिक फिर्ता लैजान थालेको बीबीसीले जनाएको छ ।
अफगानिस्तानमा शान्ति स्थापनाका लागि गरिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजाने उल्लेख छ ।
सम्झौतामा अफगानिस्तानमा रहेका १२ हजार अमेरिकी सेनामध्ये एक सय ३५ दिनभित्र तीन हजार चार सय सेना फिर्ता लैजाने सहमति भएको थियो ।
सम्झौतामा अफगान सरकारले भाग लिएको थिएन तर अब तालिवानसँग वार्ता गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सुरुमा तालिबानी कैदीहरुलाई रिहा नगर्ने बताएका थिए ।
तर सोमबार दोस्रो कार्यकालका लागि सपथ लिएका राष्ट्रपति घानीले यही हप्ता एक हजार तालिबानी कैदीलाई रिहा गर्ने आदेश दिने तयारी रहेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया