इटलीमा सबै नागरिक क्वारेन्टाइनमा, कोरोनाका कारण ४६३ को मृत्यु
नेपालखोज
२०७६ फागुन २७ गते ८:१८
एजेन्सी । इटलीले आफ्ना ६ करोड जनतालाई क्वारेन्टाइनमा राखेको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इटलीले आफ्ना सबै नागरिकलाई क्वारेन्टाइनमा राखेको छ ।
अहिलेसम्म इटलीमा ४६३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । ९ हजार जना कोरोनाभाइरसबाट संक्रमित भएपछि इटलीले यस्तो निर्णय लिएको अलजजिराले जनाएको छ ।
अत्यावश्यक काममा बाहेक कोही पनि घरबाहिर निस्कन पाउने छैनन् । स्वास्थ्यक्षेत्रका कर्मचारी र कारण देखाएर मात्रै घरबाट बाहिर निस्कन पाइनेछ । कोही पनि नागरिकलाई यात्रामा रोक लगाइएको छ ।
त्यहाँका प्रधानमन्त्री ज्युसिप कोन्टेले अत्यावश्यकबाहेक बाहिर यात्रा नगर्न अनुरोध गरेका छन् । उनले सोमबार टेलिभिजन सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया