शनिबार, माघ २६, २०८१

प्रधानमन्त्री रोजगार कार्यक्रम : पाँच वर्षमा साढे २७ अर्ब खर्च हुने

नेपालखोज २०७६ फागुन २७ गते ८:३८

काठमाडौँ । संविधानप्रदत्त रोजगारीको हकको कार्यान्वयन गर्न भन्दै ल्याइएको विवादास्पद प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आगामी ५ वर्षमा करिब साढे २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ ।

Advertisement

सबै तहका सार्वजानिक निकायमार्फत रोजगारी सिर्जना र यसका लागि भुक्तानी गरिने रकमवाहेक गत आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको यो कार्यक्रमका लागि २७ अर्ब ५४ करोड २७ लाख रुपैयाँ खर्च हुने देखिएको छ ।

विनियोजित रकममध्ये गत आर्थिक वर्षमा २ अर्ब रुपैयाँ भने खर्च भइसकेको छ । सरकारले यो रकम बेरोजारी र अर्धबेरोजगारी दर घट्ने, लक्षित परिवारको गरिबी घट्ने र वैदेशिक रोजगारमाथिको बाध्यात्मक परनिर्भरता घटाउने लक्ष्यसहित सो रकम खर्च गर्ने जनाएको छ ।

यो रकममध्ये २४ अर्ब ७४ करोड रुपैया प्रत्यक्ष रुपमा बेरोजगार नेपालीले परियोजनामार्पmत गरेको श्रम अनुसारको पारिश्रमिकका लागि खर्च हुने देखिएको छ । यसैगरी, कार्यक्रम सञ्चालन गर्न २ अर्ब ५३ करोड खर्च हुने देखिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रामचन्द्र ढकालले चालू आवमा ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेकोमध्ये पहिलो चरणमा ६२३ स्थानीय तहमा रहेका सूचीकृत बेरोजगार नागरिकलाई रोजगारी दिन २ अर्ब निकासा गरेको जनाए । यसैगरी आगामी आवमा ५ अर्ब ५५ करोड र अन्तिम आव २०८०/८१ मा ६ अर्ब ७० करोड खर्च हुने देखिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया