आइतबार, माघ २७, २०८१

प्रधानमन्त्री भोलि डिस्चार्ज हुन सक्ने, छिट्टै मन्त्रिमण्डल पुनर्गठन हुँदै

नेपालखोज २०७६ फागुन २७ गते १३:०३

काठमाण्डौ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली भोलि बुधबारसम्म डिस्चार्ज हुन सक्ने जनाइएको छ ।

Advertisement

गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि बुधबारसम्म डिस्चार्ज दिने तयारी भएको उपचारमा संलग्न एक चिकित्सकले बताए । ‘अन्य कुनै समस्या नदेखिए बुधबार प्रधानमन्त्री निवासमा फर्कनु हुनेछ ।’ स्रोतको भनाई रहेको छ ।

उनका अनुसार शल्यक्रियापछि पिसाब फेर्न सहज गर्न राखिएको ‘क्याथेटर’ पाइप समेत सोमबार झिकिइ सकेको छ । पेटमा राखिएको ‘डेन’ पाइप मंगलबार झिकेपछि अस्पतालमा ४ बजे आयोजना हुने पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्री ओलीलाई बुधबार डिस्चार्ज गर्न सकिने जानकारी सार्वजनिक हुने अनुमान गरिएको छ ।

यसैगरी प्रधानमन्त्री डिस्चार्ज भएलगत्तै मन्त्रिमण्डल पुनर्गठन हुने भएको छ । यसअघि ७० करोड घुस काण्डमा अडियो सार्वजनिक भएपछि रिक्त रहेको सञ्चार तथा शहरी विकास मन्त्रालयमा नयाँ मन्त्रीले प्रवेश पाउने छन् भने हालैको मन्त्रिमण्डलमा पनि केही फेरबदल हुने अनुमान गरिएको छ । नयाँ अनुहारहरुमा भीम रावल, महेश बस्नेत तथा सोमप्रसाद पाण्डेको नाम चर्चामा छ ।

प्रतिक्रिया