सुनको मूल्य वृद्धिमा आजपनि नयाँ कीर्तीमानी
नेपालखोज
२०७६ फागुन २७ गते १४:२२
काठमाडौँ । सुनको मूल्यले मङ्गलबार फेरि नयाँ कीर्तीमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।
सुन मङ्गलबार तोलाको ८२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको आइतबार सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।
पछिल्लो केही समयदेखि सुनको मूल्य विश्व बजारमा निरन्तर उकालो लागिरहेको छ। दैनिक जसो मूल्य बढिरहेका कारण सुन बजारमा किनबेच गर्नेको चहलपहल भने कम भएको व्यवसायीहरू बताउँछन् ।
सम्बन्धित
प्रतिक्रिया