शुक्रबार, चैत ७, २०८१

दुई-तिन दिनभित्रै यसरी हट्दैछ माक्सको अभाव !

नेपालखोज २०७६ फागुन २७ गते १५:२७

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई —दिन दिनभित्रै माक्स सहज रुपमा उपलब्ध हुने बताएका छन्।

Advertisement

नोवल कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले चेम्बरले अहिले दैनिक १५ हजार माक्स उत्पादन गरिरहेको बताए।

उनले अहिले सबैतिर माक्स र स्यानिटाइजरको अभाव रहेको गुनासो आएको बताउँदै कच्च पदार्थ आइपुगेको र उत्पादन गरी दुई दिनभित्रै बजारमा पठाउने तयारी भइरहेको जानकारी दिए।उनले एक÷दुई दिनभित्रै डिलर र जिल्लाहरुमा पठाउने तयारी भइरहेको जानकारी दिए।उनले विदेशबाट आउनेहरुलाई एयरपोर्टमा निःशुल्क माक्स उपलब्ध गराउनेगरी तयारी गरिरहेको जानकारी दिए।

उनका अनुसार कस्ट टु कस्ट प्रति माक्स ७ रुपैयाँमा उपलब्ध गराउने विषयमा छलफल भएको समेत जानकारी दिए ।

प्रतिक्रिया