शुक्रबार, माघ २५, २०८१

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाद्धारा कृषि मन्त्रालयको ५० करोड अपचलन

नेपालखोज २०७६ फागुन २७ गते १७:१०

काठमाडौं । नेपाल उद्योेग वाणिज्य महासंघी अध्यक्ष भवानी राणाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ५० करोड रकम अपचलन गरेको भन्दै महालेखा परिक्षकको कार्यालयले बेरुजु निकालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानमा महासंघ मातहतमा रहेका कृषि उद्यम केन्द्रले एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादनका कार्यक्रममा लागि करीव १ अर्व २५ करोड रुपैयाँ कृषि विकास मन्त्रालयबाट निकासा गरेपनि काम भने गरेको देखिएन ।

Advertisement

एक गाउँ एक उत्पादनका नाममा कृषि उद्यम केन्द्रको समेत अध्यक्ष रहेकी राणाले कृषि उत्पादनको विकासका लागि भन्दा पनि विगतमा आफू महासंघको अध्यक्ष बन्ने समयमा गैरकानूनी ढंगबाट खर्च गरेको आरोप लागेको छ । कृषि उद्यम केन्द्रले विभिन्न जिल्लामा कृषि बाली उत्पादन गरी त्यसको बजारीकरण गर्ने शर्तमा तात्कालिन कृषि विकास मन्त्रालयबाट रकम लिएको थियो । प्रत्येक वर्ष करीव २५ करोडका दरले पाँच वर्षसम्म बजेट निकासा गरेपनि कृषि उद्यम केन्द्रले भने काम गरेन । बरु मन्त्रालयका उच्च कर्मचारी, राजनीतिक, मन्त्रीहरुलाई समेत प्रभावमा पारेर कागज मिलाउने कामममा कृषि उद्यम केन्द्र उद्दत भयो ।

अघिल्लो नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका बेला जिल्लाका प्रतिनिधिहरुलाई सोही रकमबाट राणाले विदेश भ्रमण गराएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय श्रोतले जानकारी दिएको छ । कृषि मन्त्रालयले सरकारी रकम अपचलन हुन शका देखेपछि कृषि उद्यम केन्द्रलाई रकम निकासा केही समयका लागि रोकेको थियो । बेरुजु निस्कने डर मान्दै मन्त्रालयको लेखा शाखाले रकम दिन नमानेपछि भवानी राणा तात्कालिन सचिव डा. सुरोज पोख्रलेको कार्यकक्षमा नै पुगेर सरुवा गर्ने धम्की समेत दिएर एक गाउँ एक उत्पादनको रकम निकासा गर्न सफल भएको मन्त्तालय श्रोतको दावी छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रहेको अनुगमन महाशाखाले भवानी राणाले नेतृत्व गरेको कृषि उद्यम केन्द्रले अनुदान रकममा काम गरे नगरेका स्थलगल निरिक्षण गरेपनि राणाले पहुँचका भरमा उनीहरुलाई आर्थिक प्रभावमा पारेर हुँदै नभएको कामलाई पनि काम सम्पन्न भएका बनाउन सफल भएकी थिइन् ।

यतिखेर महालेखा परिक्षकको कार्यालय ५० करोड भन्दा बढी रकम बेरुजु निकालिदिएपछि राणाको छट्पट्टी शुरु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनको मुखमा आएर ५० करोड अपचलनको मुद्दा सार्वजनिक भएपछि भवानी राणाको निद हराम भएको छ ।

प्रतिक्रिया