वातावरण क्षेत्रमा काम गर्दै आएका ढकालले गाउँपालिका र नगरपालिकालाई दिए १३ बुँदे सुझाव
रामेछाप । पछिलो समय अव्यवस्थित विकास निर्माण, बसाइँसराइ, औद्योगीकरण, सहरीकरण, सडक जस्ता पूर्वाधार विकासको कारण दिनानुदिन देशैभरी वातावरणमा विभिन्न असरहरू सिर्जना हुन थालेको छ । हामीले बेलैमा ध्यान पु¥याएनै भने वातावरणिय जोखिमको ठुलो सामना गनुपर्ने देखिन्छ । त्यसैले यस विषयमा वातावरण क्षेत्रमा काम गर्दै आएका रामेछाप जिल्ला साँघुटारका माधव ढकालले गाउँपालिका र नगरपालिकाहरु लाइ सचेत रहन १३ बुदे निम्न सुझाब दिएका छन् ।
१. पारिस्थिकिय प्रणालीको विगठनलाई रोक्नको लागि भूव्यवस्थापन प्रभाव क्षेत्रको संरक्षण भई रहेका जोखिम नियुक्त पारिस्थिकिय प्रणालीको पर्नस्थापना तथा विकास गर्ने ।
२. सडक निर्माण तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरणिय सवालहरुको संम्वोधन गदै भुतखलन, भूक्षय जस्ता समस्या तथा सवालहरुलाई विषेश ध्यान दिनु पर्ने।
३. विकास आयोजनाहरु निर्माण र संचालन गर्नु पहिले प्रारम्भिक वातावरणिय परिक्षण (IEE) तथा वातावरणिय प्रभाव नियन्त्रण (ETA) अनिर्वाय रुपमा कार्यन्वयन गर्ने ।
४. अनपादक विकासोन्मुख वन जंगलको संरक्षण रणनिति तयार गरि कार्यन्वयन गर्ने।
५. अतिक्रमिक वनस्पति जातिको वृद्धि ( Alien Invesive species) लाई नियन्त्रण गर्ने रणनिति तयार गर्ने खेती बालीमा किट्नाशक औषधिको प्रयोगमा न्यूनिकरणको लागि प्रभावकारी अनुगमन गदै वातावरण असर कम गर्ने ।
६. गाउँपालिका, नगरपालिका वडा भित्र रहेका वन जंगल संरक्षण र विकास योजना तर्जुमा र कार्यनयनमा सहयोग गर्ने,
७. अस्पताल जन्य अत्र्सजित फेहोरमैलाको प्रशोधन गरि व्यवस्थापन गर्ने ।
८. औद्योगिक र बजार क्षेत्र बाट मानव र्सिजित फोहोरमैलाहरुको उचित व्यवस्था गरि मानव स्वास्थ्य र वातावरणमा पर्ने नकरात्मक असर कम गर्ने ।
९. पलाष्टिकको मात्रा घटाई फोहोरलाई स्रोतमा छुट्याउने तथा ठूला प्रशोधन केन्द्रहरुको निर्माण गरि फोहोर व्यवस्थापनको लागि ल्याफिल्ड साइडको निर्माण गर्न ।
१०. ढलहरुको उचित व्यवस्थापन गर्ने ।
११. खानेपानीको मुहान पोखरी आहालहरुको संरक्षणमा लागि पर्ने ।
१२. हरेक गाउँपालिका, नगरपालिकाहरुमा वातावरणणिय निति तथा रणनितीहरु बनाई कार्यनयन गर्ने ।
१३. सार्वजानिक निजि तथा साझेदारी तालिका बाट वन जंगल संरक्षण फोहोरमैला व्यवस्थापन जनचेतनाहरु अभिवृद्धि गराई वातावरणिय समस्याहरुलाई कम गर्ने ।
प्रतिक्रिया