शनिबार, माघ २६, २०८१

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

नेपालखोज २०७६ फागुन २८ गते ८:५८

काठमाडौँ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ । मध्यपुर ठिमी नगरपालिका–१ मा रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान विष्फोट भएको प्रहरीले जनाएको छ ।

Advertisement

स्थानीयका अनुसार ठूलो आवाजसहित भएको थियो । भक्तपुर प्रहरीका अनुसार विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको एउटा मारुती भ्यानमा समेत क्षति पुगेको छ ।

विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ । प्रहरीले बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको जानकारी दिएको छ । बाँस्कोटा सेक्युरिटी प्रिन्टर खरिदमा कमिशन काण्डमा मुछिएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए ।

प्रतिक्रिया