अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुन सुरु
काबुल । अमेरिकी सेनाले अफगानिस्तानस्थित दुई अखडाबाट सैनिक फिर्ता गर्न थालेको अमेरिकी सैनिक अधिकारीले बताएका छन् ।
अफगानिस्तानमा हिंसा र राजनीतिक संकट गहिरिए पनि आगानिस्तान र तालिबान बीचको प्रस्तावित शान्ति वार्ता हुनुअघि अमेरिकी सैनिक फिर्ता हुन थालेका हुन् ।
अमेरिका आफ्नो सबैभन्दा लामो द्वन्द्व अन्त्य गर्न उत्सुक छ । दोहामा गत महिना अमेरिका र तालिबानबीच सम्पन्न सम्झौताको शर्तमा १४ महिनाको अवधिभित्र अमेरिकी समेत सबै विदेशी सैनिक अफगानिस्तानबाट फिर्ता हुने उल्लेख छ । यसको बदलामा तालिबानले सुरक्षाको प्रत्याभूति गर्नु पर्नेछ ।
अमेरिकाले जुलाईको मध्यसम्म अफगानिस्तानमा तैनाथ कुल १२ हजार सैनिकमध्येबाट ८ हजार ६ सय मात्र राख्ने र बाँकी करिब ५ हजार फिर्ता गर्नेछ ।
अमेरिकाले अफगानिस्तानका २० अमेरिकी सैन्य अखडामध्ये पाँचवटा बन्द गर्नेछ । नाम बताउन नचाहने सैनिक अधिकारका अनुसार अमेरिकी सेनाले दक्षिणको हेल्माण्ड प्रान्तको राजधानी लश्करगाह र पश्चिमी हेरात प्रान्तको सैनिक अखडा छाड्न थालेको छ ।
प्रतिक्रिया