कोरोनासँग लड्न सरकारले गरेको पूर्वतयारीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइयो
नेपालखोज
२०७६ फागुन २८ गते ९:५९
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ३ बजेका लागि तय गरिएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने पाँचवटै दलका शीर्ष नेता आमन्त्रण गरिएको बैठकमा विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे जानकारी तथा छलफल हुने उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
कोरोनाको संक्रमण नेपालभित्र नदेखिए पनि यसको त्रास व्याप्त छ । प्रतिपक्षीलगायतले कोरोनासँग जुध्न पूर्वतयारी नपुगेको भन्दै यसमा केन्द्रित हुन आग्रह गरिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया