आइतबार, माघ २७, २०८१

अतिप्रभावित मुलुकबाट आयात रोक

नेपालखोज २०७६ फागुन २८ गते १०:४१

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट अतिप्रभावित मुलुकबाट खाद्यान्न र पशुपन्छी वस्तु आयातमा रोक लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबारदेखि लागू हुने गरी यो व्यवस्था गरेको हो ।

Advertisement

मन्त्रालयले भाइरसको अत्यधिक संक्रमण भएका चीन, दक्षिण कोरिया, इटली, जापान र इरानबाट कुनै पनि प्रकारको पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तु आयात सिफारिस दिने कार्यमा रोक लगाएको छ ।

अतिप्रभावित यी पाँच मुलुकबाहेक सम्पूर्ण मुलुकबाट पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुको आयात सिफारिसमा मन्त्रालयले रोक लगाएको उपसचिव गंगादत्त आचार्यले जानकारी दिए ।

कोभिड १९ संक्रमित मुलुकबाट आयात इजाजतपत्र नलिइ आयात गरिएका पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुको कन्साइनमेन्टलाई नष्ट गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया