पूर्वसञ्चारमन्त्रीको घर लक्षित विष्फोटमा संलग्न आशंकामा विप्लव समूहका नेता पक्राउ
नेपालखोज
२०७६ फागुन २८ गते १३:४५
काठमाडौँ । प्रहरीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ छन् ।
उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले केहीवेरअघि जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । गुरुङ मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा विष्फोट गराइएको प्रकरणमा पनि संलग्न रहेको प्रहरी दाबी छ । उनलाई टेकुमा ल्याएर थप अनुसन्धान गर्ने प्रहरी तयारी छ ।
बुधबार बिहान ७ः५० बजे लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर रिमोट कन्ट्रोल प्रेसर कुकर बम विष्फोट भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया