शुक्रबार, असोज २५, २०८१

प्रधानमन्त्री ओलीले आफै काटे दाह्री !

नेपालखोज २०७६ फागुन २८ गते १८:३१

काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आज आफैँ आफ्नो दाह्री काटेको जानकारी दिएका छन् ।

उनले प्रधानमन्त्रीको स्वास्थ्य सुधारबारे जानकारी दिदै प्रधानमन्त्रीको स्वास्थ्यमा थप समस्या आएकाले उपचारका लागि विदेश लैजाने भनेर कतिपय सञ्चारमाध्यमले झुटो समाचार दिएको उल्लेख गरेका छन् ।

यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया