शुक्रबार, असार १, २०८१

पूर्व मन्त्री पूर्णकुमार शेर्माको निधन

नेपालखोज २०७६ फागुन २८ गते २१:५७

पाँचथर । पूर्व स्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पूर्ण कुमार शेर्माको बुधबार निधन भएको छ । काठमाडौंको निदान अस्पताल पुलचोकमा उपचारको क्रममा मन्त्री शेर्माको अपराहन्न चार बजे निधन भएको हो ।

दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए । २००० साल असोज १२ गते पाँचथरको मिल्लाजुङ गाउँपालिका २ सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए । नेपाली कांग्रेस पाँचथरको दुई पटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए ।

उनी कांग्रेसको १० औँ र ११ औँ महाधिबेशनबाट दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित समेत भईसकेका थिए ।

शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए। शेर्माका दुई श्रीमतीमध्ये कान्छी जनिमाया मगरको साथमा उनी काठमाडौं बस्दै आएका थिए । उनका दुई छोरा र पाँच छोरी छन् ।

प्रतिक्रिया