सुर्खेतमा अनधिकृत रुपमा सरकारी जग्गामा निर्माण गरेका घर भत्काइयो
नेपालखोज
२०७६ फागुन २९ गते ८:१६
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनधिकृत रुपमा सरकारी जग्गामा निर्माण गरेका घर भत्काएको छ ।
वीरेन्द्रनगर नगरपालिका– ७ स्थित जिल्ला मालपोत कार्यालय सुर्खेतको नाममा रहेको सरकारी जग्गामा अनधिकृत रुपमा बनाइएका घरटहरा भत्काइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए ।
मालपोत कार्यालयका साथै प्रशासन कार्यालय सुर्खेतले माघ महिनादेखि पटक–पटक आ–आफ्नो मालसमानसहित टहरा उठाउन आह्वान गरे पनि नटेरेकाले बुधबार आज डोजर लगाएर घरटहरा भत्काइएको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया