इराकको सैन्य शिविरमा रकेट आक्रमण हुँदा ३ जनाको मृत्यु
नेपालखोज
२०७६ फागुन २९ गते ९:३३
काठमाण्डौं । इराकको राजधानी बगदाद नजिक रहेको एक सैन्य शिविरमा भएको रकेट आक्रमणमा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
उत्तरी बगदाद नजिक रहेको ताजी सैनिक शिविरमा भएको रकेट आक्रमणमा अन्य १२ जना घाइते भएका छन् । ताजी सैनिक शिविरमा अमेरिकी र बेलायती सैनिकले इराकी सुरक्षाबललाई प्रशिक्षण दिँदै आइरहेका छन् ।
अमेरिकी सेनको स्रोतअनुसार आक्रमणमा एक जना अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक जना बेलायती सैनिकको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुलाइएको छ ।
गएको जनवरीमा अमेरिकाले गरेको हवाई आक्रमणमा इरानका सैनिक कमाण्डर कसिम सुलेमानीको ज्यान गएपछि अमेरिका–इरान तनाव बढिरहेको छ ।
यो आक्रमण कसले गरेको भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । यद्यपि यो आक्रमण इरान समर्थित विद्रोहीहरुले गरेको हुनसक्ने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया