आइतबार, माघ २७, २०८१

बाफियामा माफियाहरुको यस्तो चलखेल !

नेपालखोज २०७६ फागुन २९ गते १७:११

काठमाडौँ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) संशोधन विधेयक संशोधन गर्न सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । विधेयक संशोधनकालागि १६ जना सांसदले संसोधन प्रस्ताव दर्ता गराएका हुन् । हाल विधेयकमा बैंक सञ्चालकको योग्यता, सीईओ नियुक्तिका लागि राष्ट्र बैंकबाट अनुमति लिनुपर्नेलगायतको व्यवस्था छन् । यिनै व्यवस्थालाई विधेयकबाट हटाउनकालागि सांसदहरुले प्रस्ताव दर्ता गराएका हुन् । विधेयक माथि सत्तापक्षका सांसदहरुको नै संसोधन प्रस्ताव परेको संसद सचिवालयले जनाएको छ ।

Advertisement

यि हुन् संसोधन प्रस्ताव दर्ता गर्ने सांसदहरु

१. रामकुमारी झाँक्री

२. नवराज सिलवाल

३. अतहर कमाल मुसलमान

४. प्रकाश रसाईली (स्नेही)

५. ज्ञानेन्द्रबहादुर कार्की

६. यशोदा गुरुङ सुवेदी

७. रेखा शर्मा

८. भरतकुमार साह

सहित अन्य सांसदले संसोधन प्रस्ताव दर्ता गरेका हुन् ।

प्रतिक्रिया