आठ देशका विदेशीलाई नेपाल आउन रोक
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९) लाई महामारीको घोषणा गरेपछि सरकारले तत्कालका लागि पर्यटक भिसामा रोक लगाएको छ ।
बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठकले तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो । यस्तै सरकारले नेपाल आउने विदेशी नागरिकहरुलाई कोरोना नदेखिएको प्रमाणपत्र देखाएर मात्र प्रवेश गर्न दिइने जनाएको छ ।
यस्तै कोरोना भाइरसबाट बच्न प्रत्येक स्थानीय तहमा समन्वय समिति गठन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । स्थानीय तह र वडास्तरमा समन्वय समिति गठन गर्न मन्त्रालयले उक्त निर्णय संघीय मामिला तथा सामान्य प्रशासनमा पत्र समेत पठाएको बताइएको छ ।
मन्त्रालयका प्रवक्ता मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हाल चार सय ५० जनाको परीक्षण गरेकोमा एक जनामा पोजेटिभ देखिएको भए पनि अन्यमा कोरोना नदेखिएको बताएका छन् ।
प्रतिक्रिया