आइतबार, माघ २७, २०८१

पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना

नेपालखोज २०७६ फागुन ३० गते ७:३५

काठमाडाैं । गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ ।

Advertisement

उनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५ वर्ष कैद हुनेसमेत ठहर गरेको छ ।

विशेष अदालतलका न्यायाधीशहरु कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख रुपैयाँ जरिवाना गरी ५ वर्ष कैद हुने फैसला गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ।

प्रतिक्रिया