सोमबार, माघ २८, २०८१

स्वास्थ्यमा कुनै उतारचढाव नआए प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिने

नेपालखोज २०७६ फागुन ३० गते ८:२६

काठमाडौं । गत बुधबार दोस्रो मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको छ ।

Advertisement

त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओली आईसीयूमै नियमित व्यायाम गर्दै आएका छन् । यही अवस्था रहिरहे र स्वास्थ्यमा कुनै उतारचढाव नआए प्रधानमन्त्री ओलीलाई शुक्रबार आज साँझसम्म डिस्चार्ज गर्न सकिने अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया